• पर्वतमा रहेको मुलुककै लामो र अग्ला झोलुङ्गे पुलमा पर्यटकको घुइँचो

    पोखरा न्यूज-४ , मंसिर ।  पर्वत जिल्लामा रहेका मुलुककै लामो र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । अग्ला पुलका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको सङ्ख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको हो । हिमालपारीको जिल्ला मुस्ताङ घुम्न जाने पर्यटक तथा अन्नपुर्ण पदमार्गमा जाने बाह्य … The post पर्वतमा रहेको मुलुककै लामो र अग्ला झोलुङ्गे पुलमा पर्यटकको घुइँचो appeared first on Pokhara News. […]

  • पोखरालाई शैक्षिक गन्तव्य बनाउँछौ : मेयर

    पोखरा न्यूज-३ , मंसिर । विद्यालय क्षेत्र सुधार कार्यक्रममा सहयोग गर्दै आएको फिनल्यान्डले पोखरा महानगरपालिकाको शिक्षा योजना बारेमा छलफल गरेको छ । नेपालका लागि फिनल्यान्डका राजदुत प्रेती एन्टिनेनसहितको १५ सदस्यीय टोलीले महानगरका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी  गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य लगायतसँग सोमबार छलफल गरेको हो । छलफलमा … The post पोखरालाई शैक्षिक गन्तव्य बनाउँछौ : मेयर appeared first on Pokhara News. […]

  • कुश्मामा मापदण्ड पूरा नगरेका दर्जनौँ इँटा उद्योग सञ्चालनमा

    पोखरा न्यूज-३ , मंसिर । नियामक निकाय मौन रहँदा पर्वत जिल्लामा मापदण्ड पूरा नगरेका दर्जनौँ इँटा उद्योग सञ्चालनमा रहेको पाइएको छ । पर्वतमा दर्जनौँ इँटा उद्योग सामान्य मापदण्ड पूरा नगरी सञ्चालन भएपनि सम्बन्धित निकाय बेखबरजस्तै बनेको छ । गाउँगाउँमा लाखौँको कारोबार गर्ने ती इँटाभट्टा बन्द गराउन नियामक निकायले कुनै चासो दिएको छैन । जिल्लामा वर्षौंदेखि … The post कुश्मामा मापदण्ड पूरा नगरेका दर्जनौँ इँटा उद्योग सञ्चालनमा appeared first on Pokhara News. […]

  • पर्वतमा सामुदायिक विद्यालयमा सुधार, निजी विद्यालय मारमा

    पोखरा न्यूज-३ , मंसिर । जिल्लामा सामुदायिक विद्यालयले शैक्षिक सुधार गरेपछि निजी विद्यालय बन्द भइरहेका छन् । शहरी क्षेत्रमा धमाधम सामुदायिक विद्यालय बन्द भइरहेका छन् र निजी विद्यालय खुलिरहेका बेला पर्वत जिल्लामा भने यसको विपरीत देखिएको छ । निजी विद्यालय बन्द भएर सामुदायिक विद्यालयमा गाभिने क्रम दक्षिण पर्वतको बिहादी गाउँपालिकामा शुरु भएको हो । गाउँपालिकाले … The post पर्वतमा सामुदायिक विद्यालयमा सुधार, निजी विद्यालय मारमा appeared first on Pokhara News. […]

  • गोरखाको पालुङटारमा नेवाः घरबास

    पोखरा न्यूज-३ , मंसिर । पालुङटार नगरपालिका–५ ठाँटीपोखरीको जौवारी टोलमा पहिलोपटक लिगलिग पालुङटार नेवाः घरबास सञ्चालनमा आएको छ । ठाँटीपोखरी नेवाः देय् दबुले नेवार समुदायको सात घरमा घरबासको शुरुआत गरेको हो । नेवाः देय् दबुका अध्यक्ष धनप्रसाद श्रेष्ठका अनुसार पालुङटार क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ‘घर साझेदारी गरौँ, खुशी बाडौैँ’ नाराका साथ घरबासको अवधारणा ल्याइएको हो … The post गोरखाको पालुङटारमा नेवाः घरबास appeared first on Pokhara News. […]

  • गलेश्वरमा घुम्ती शिविरबाट बाह्र सय लाभान्वित

    पोखरा न्यूज-३ , मंसिर । म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकममा सम्पन्न निःशुल्क आँखा उपचार शिविर र रघुगङ्गा गाउँपालिका– ६ कोटगाउँमा सम्पन्न एकीकृत घुम्ती शिविरबाट एक हजार २०० जना भन्दाबढी लाभान्वित भएका छन् । हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, धवलागिरि गाउँपालिका, ताकम स्वास्थ्य चौकी र धवलागिरि जनयुवा क्लब ताकमको आयोजनामा चार दिनसम्म शिविर सञ्चालन भएको … The post गलेश्वरमा घुम्ती शिविरबाट बाह्र सय लाभान्वित appeared first on Pokhara News. […]

  • पर्वतमा चालु वर्षलाई फैसला कार्यान्वयन वर्ष घोषणा

    पोखरा न्यूज-३ , मंसिर । पर्वत जिल्ला अदालतले चालु आर्थिक वर्षलाई फैसला कार्यान्वयन वर्षका रुपमा घोषणा गरेको छ । आइतबार जिल्ला न्याय क्षेत्र समन्वय समितिको बैठकमा जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले चालु आर्थिक वर्षका बाँकी आठ महीनालाई फैसला कार्यान्वयन वर्षका रुपमा घोषणा गरेका हुन् । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयका अनुसार मुलुकभर रहेका अदालतबाट फैसला कार्यान्वयन … The post पर्वतमा चालु वर्षलाई फैसला कार्यान्वयन वर्ष घोषणा appeared first on Pokhara News. […]

  • म्याग्दीमा सामुदायिक स्वास्थ्य एकाइका लागि भवन निर्माण

    पोखरा न्यूज-३ , मंसिर । म्याग्दीको धवलागिरि गाउँपालिका– ६ मराङको बुलमा सामुदायिक स्वास्थ्य एकाइ स्थापनाका लागि भवन निर्माण भएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित बुलका बासिन्दालाई सहजरुपमा गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउन पूर्वाधार तयार पारिएको हो । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कदम र सङ्गम म्याग्दीद्वारा सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजनाको सहयोगमा बुलका … The post म्याग्दीमा सामुदायिक स्वास्थ्य एकाइका लागि भवन निर्माण appeared first on Pokhara News. […]

  • गोरखामा अन्तर्राष्ट्रियस्तरको सङ्ग्रहालय बनाइने

    पोखरा न्यूज-३ , मंसिर । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेश सरकारले पाँच वर्षभित्रमा प्रदेशभित्रका सबै जनताको पहुँचमा बिजुली, खानेपानी र सडक पुर्याउने  योजना बनाएको बताए । बारपाक सुलिकोट गाउँपालिका वडा नं १ मा आइतबार साधना लघुवित्त संस्थाको शाखा कार्यालयको उद्घाटन गर्दै मन्त्री गुरुङले भने, “सरकारले दीर्घकालीन योजना बनाएर देशमा आर्थिक … The post गोरखामा अन्तर्राष्ट्रियस्तरको सङ्ग्रहालय बनाइने appeared first on Pokhara News. […]

  • तनहुँमा ठेकेदार सम्पर्कविहीन भएपछि पुल निर्माण अलपत्र

    पोखरा न्यूज-३ , मंसिर । तनहुँको व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुल निर्माण अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहीन भएपछि ४० मिटर लामो पुलको निर्माण कार्य अलपत्र परेको हो । विसं २०७३ देखि शुरु भएको उक्त पुलको निर्माण कार्य छ महीनादेखि ठप्प छ । पुल निर्माणको अन्तिम म्याद गत असारसम्म … The post तनहुँमा ठेकेदार सम्पर्कविहीन भएपछि पुल निर्माण अलपत्र appeared first on Pokhara News. […]